हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया हिरामाया लोप्चन, ट्रक चालक बाराको निजगढ–९ का २५ वर्षीय सूर्यबहादुर घिमिरे र ट्रकमा सवार अन्दाजी २० वर्षीय युवकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको ट्रक सोही दिशातर्फ जाँदै गरेको  ना२२प ९९७७ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ८ बजे ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);