महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु 

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन्।

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे बिपरित दिशाबाट जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ।

Leave a Reply