छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं। चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोमा प्रदेश २–०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २–०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डित रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलमा को.११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६१ वर्षीया सितादेबी ढकाल रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा  उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से.२ प ५२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार डोटी जोराईल गाउँपालिका–१ बस्ने २७ वर्षीय चित्र मडै रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);