छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पा रेहकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका–१२ रुपनगर चोकमा प्र.२–०३–००१ख ८२५ नम्बरको बसको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री हाल नाम, थर, वतन खुलेको छैन । धनकुटाको धनकुटा नगरपालिका–६ स्थित सडकमा मे.६ प १७५६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका–१० घर भएका २४ वर्षीय पुरन राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित धारापानी भन्ने स्थानमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् ।

ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना अन्दाजी ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);