भद्रपुर उडेको बुद्ध एयरको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

भद्रपुर उडेको बुद्ध एयरको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। अहिले प्राविधिक जाँच भइरहेको उनले बताए ।

Leave a Reply