इन्जीनमा समस्या देखिएर आकाशमा होल्ड भएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इन्जीनमा समस्या देखिएर आकाशमा होल्ड भएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको ९ एन एएनआई एटिआर जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि पुन काठमाडौंनै फर्किएर सफल अवतरण गरेको छ ।

विराटनग विमान्स्थनमा अवतरण हुन लाग्दा ल्याण्डिङ गियरमा समस्या आएको थाहापाएपछि पाईलटले काठमाडौंनै फर्काएका थिए । सफल अवतरण गराउन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले विषेश तयारी गरेर अवतरण गराएको हो । जहाजमा रहको ईन्धन सकाउनको लागि विमानलाई काठमााडौंको आकाशमा होल्डमा राखिएको थियो ।

विमानले काठमाडौंको आकाशमा १० फन्को मारेको थियो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);