बुद्ध एयरको जाहाजको इन्जिन फेल भएपछि भरतपुरमा आपतकालीन अवतरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुद्ध एयरको जाहाजको इन्जिन फेल भएपछि भरतपुरमा आपतकालीन अवतरण

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि चालक दलका सदस्य बाहेक १८ जना यात्रु बोेकेर उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भए पछि पुन भरतपुरमा नै आपतकालीन अवतरण गरीएको छ।

बायाँ इन्जिन फेल भएको जानाकारी लगत्तै पाइलटले जहाजको आकस्मिक अवतरणको अनुमति कन्ट्रोल टावरसँग मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएपछि जहाज अवतरण भएको थियो। विमानस्थल स्रोतका अनुसार १ बजेर १६ मिनेटमा उडेको जहाज अहिले धावनमार्गमै छ । जसका कारण विमानस्थल बन्द भएको छ ।

अहिले यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);