दुबईबाट लखनऊ उडेको विमान पाकिस्तानमा आपतकालीन अवतरण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दुबईबाट लखनऊ उडेको विमान पाकिस्तानमा आपतकालीन अवतरण

एजेन्सी, १८ फागुन । दुबईको शाहजहाँबाट भारतको लखनऊका लागि उडेको विमान मेडिकल इमर्जेन्सीका कारण मंगलबार पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरिएको छ ।

दुबईबाट लखनऊ उडेको इन्डिगो एयरलाइन्सको जहाज मेडिकल इमर्जेन्सीका कारण हर्वाइ मार्ग परिवर्तन गरी पकिस्तानको कराँचीमा अवतरण गरिएको हो ।

यद्यपी कराँची विमानस्थल पुग्दा एयरपोर्टको मेडिकल टिमले विरामीलाई मृत्त घोषणा गरेको इन्डिगोले बताएको छ ।

इन्डिगोको ६ इ १४१२ नम्बरको फ्लाइटबाट बिरामीलाई लखनऊ ल्याउँदै गरिए पनि आफ्तकालीन अवस्था आएपछि जहाज कराँचीमा अवतरण गरिएको थियो।

एयरलाइन्सले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);