गाजामा युद्धको तीन वर्षः एथेन्समा हजारौंको ऐक्यवद्धता र्‍याली | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

गाजामा युद्धको तीन वर्षः एथेन्समा हजारौंको ऐक्यवद्धता र्‍याली

गाजामा इजरायली सैन्य कारबाही शुरु भएको तीन वर्ष पूरा भएको अवसरमा शनिवार ग्रीसको राजधानी एथेन्ससहितका विभिन्न सहरमा हजारौं प्रदर्शनकारीले विशाल प्रदर्शन गरेका छन् । विश्वभर आयोजना गरिएको ऐक्यवद्धता दिवसको हिस्साका रूपमा आयोजित उक्त विरोध प्रदर्शनमा विभिन्न ट्रेड युनियन, विद्यार्थी संगठन, राजनीतिक दल र आप्रवासी समुदायको सहभागिता रहेको थियो । एथेन्सको मध्यभागमा भेला भएका प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाको दूतावाससम्म मार्च गर्दै युद्ध अन्त्यको माग गरेका थिए । ‘फ्रि प्यालेस्टाइन’ र ‘नरसंहार रोक’ जस्ता नारा लगाउँदै उनीहरूले प्यालेस्टाइनी भूमिको अतिक्रमण अन्त्य र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिएका थिए । प्रदर्शनमा सहभागी नयाँ वामपन्थी दलकी सांसद पेटी पेर्काले तीन वर्षदेखि प्यालेस्टाइनी नागरिकले भोग्नुपरेको भोकमरी र हिंसालाई ‘दुःखद् र त्रासदीपूर्ण’ भनी टिप्पणी गरिन् । उनले भनिन्, ‘विश्वभरका मानिसहरूले यो अन्याय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बुझिरहेका छन् । हामी न्याय नपाउन्जेल सडकबाटै आफ्नो आवाज बुलन्द गरिरहनेछौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत ९क्ष्ऋऋ० को भूमिकाप्रति हामी आशावादी छौं ।’ सन् २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि गरेको आक्रमणमा करिव १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछिको इजरायली सैन्य कारबाहीमा हालसम्म ७४ हजार भन्दा बढी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् । यद्यपि गत वर्ष छोटो अवधिको युद्धविराममार्फत केही राहत मिले पनि गाजामा मानवीय संकट अहिले पनि उत्तिकै गम्भीर छ । पुनर्निर्माण, सुरक्षा र दीर्घकालीन राजनीतिक समाधानका मुद्दाहरू भने अझै अन्योलमा रहेका छन् ।

Leave a Reply

ताजा समाचार