दुबै इन्जिन फेल भएपछि समिट एयरको विमान रामेछापमा आकस्मिक अवतरण | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

दुबै इन्जिन फेल भएपछि समिट एयरको विमान रामेछापमा आकस्मिक अवतरण

JAHAJ

काठमाडौँ, ९ चैत । काठमाडौँबाट लुक्काका लागि उडेको समिट एयरको नाईन एन एएमजी कल साईन विमान रामेछापमा आकस्मिक अवतरण गराईएको छ । विमानको दुबै इन्जिन फेल भएपछि आइतबार बिहान रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका नागरिक उड्यन प्राधिकरणले जनाएको छ । जहाजका दुबै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौँ आउँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो। अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए ।

तर, जहाज सामान्य रुपमै अवतरण भएको थियो । यात्रुहरुलाई भने तारा एयरको विमानले लिफ्ट गरेर गन्तव्यमा लगेको नागरिक उडड्यन कार्यालय रामेछापले जनाएको छ । इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परिक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानविन थालेको जनाइएको छ ।