बोइङले विश्वभरमा रहेका आफ्नो उत्पादन बोइंग ७७७ विमानको उडान रोक्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बोइङले विश्वभरमा रहेका आफ्नो उत्पादन बोइंग ७७७ विमानको उडान रोक्न सुझाव

एजेन्सी, १० फागुन । अमेरिकी हवाइजहाज निर्माता बोइङले विश्वभरमा रहेका आफ्नो उत्पादन बोइंग ७७७ विमानको उडान रोक्न सुझाव दिएको छ ।

एउटा विमान उडान लगत्तै इन्जिनमा समस्या आएर आगलागी भएर एउटा भाग खसेपछि बोइङले विश्वभरमा रहेका आफ्नो उत्पादन बोइंग ७७७ विमानको उडान रोक्न सुझाव दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युनाइटेड एयरलाइन्सको बोइंग ७७७ विमान अमेरिकाको डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आउँदा एक भागमा आगलागी भएपछि बोइङले यस्तो सुझाव सार्वजनिक गरेको हो । घटना लगत्तै युनाइटेड एयरलाइन्सले सो संस्करणका २४ विमान ग्राउण्डेड गरिसकेको छ ।

२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको इन्जिनमा समस्या आइ आगलागी भएपछि डेन्वर विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो। सो विमानमा रहेका सबै सकुशल रहेका थिए । उक्त घटनापछि जापानले पनि बोइंङ ७७७ जहाज प्रयोग गर्ने एअरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको छ ।

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले बोइंग ७७७ को थप परीक्षण गर्न निर्देशन दिएको छ । एफएएले इन्जिन उत्पादक कम्पनी र बोइंगका प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);