बाँकेको नाका आजबाट एक हप्ताका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बाँकेको नाका आजबाट एक हप्ताका लागि बन्द

banke

बाँके, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा नेपाल र भारत दुवै देशका अधिकारीहरुबीच आइतबार भएको छलफलपछि सीमा नाका बन्द गरिएको हो ।

छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट सहभागी रहेका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जनाएको छ । नाका बन्द भएपछि यात्रुहरु नेपाल प्रवेश गर्न र भारत जान पाउने छैनन् । अत्यावश्यक सेवामा भने रोक नलगाइने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);