काठमाडौँ ।
हुसेन तलतको अलराउन्ड प्रदर्शन प्रेरित कर्णाली याक्सले जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको यात्रा टुङ्गाएको छ ।
कीर्तिपुरमा आईतवार भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि २४ रनको जित निकाल्दै यस सिजनको यात्रा पूरा गरेको हो । पाकिस्तानी अलराउन्डर हुसेन तलतको अलराउन्ड प्रदर्शनमा कर्णाली जित रच्यो । उनले अर्धशतकसँगै तीन विकेट पनि लिए । समान सात खेलबाट कर्णाली ६ अंक जोड्दै छैटौं स्थानमा रहेर सिजन पूरा ग¥यो । चितवन भने समान खेलबाट ७ अंकसहित इलिमिनेटरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बीचको विजेतासँग खेल्नेछ । आज दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । उनले कर्णाली एक खेल अगावै प्लेअफ होडबाट बाहिरिँदा चितवन प्लेअफमा पुगिसकेको थियो । त्यसैले यो खेलले दुवै टोलीका लागि यस सिजनको आगामी यात्रामा खासै अर्थ राख्दैनथ्यो । तर, चितवन जित निकाल्दै इलिमिनेटर खेल्ने लक्ष्यमा थियो भने कर्णाली जितबाट सिजन पूरा गर्न चाहन्थ्यो । खराब ब्याटिङ गरे पछि चितवनले जित निकाल्न सकेन ।
त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले १५३ रनको लक्ष्य दियो । तर चितवन १९.१ ओभरमा १२९ रनमा नै अलआउट हुन पुग्यो । ओपनर कामिल मिसराले २५ रन जोड्दा उसमा मिर २२ रनमा नटआउट रहे । कुशल मल्लको इनिङमा १८ रन रह्यो । कुनैपनि ब्याटरले राम्रो इनिङ खेल्न नसक्दा चितवन पराजित हुन पुग्यो । चितवनले चौथो ओभरमा पहिलो विकेट गुमाएको थियो । ओपनर देव खनाल १४ रनमा आउट भए । ३.४ ओभरमा चितवन ३५÷१ को अवस्थामा थियो । तर यसपछि लगातार विकेट गुमाउँदा चितवनले पाँच बलअगावै हार सुम्पियो । पहिलो विकेटका लागि देव र कामिलबीच बनेको ३५ रन नै सर्वाधिक ठुलो साझेदारी रह्यो । विदेश खेलाडी कप्तान सिकन्दर राजा ६ र डान माउस्ले ८ रनमा आउट भए ।
कर्णालीको बलिङमा पनि हुसेन चम्किए । ३.१ ओभर बलिङ गरेका हुसेनले तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए । टस जितेर कर्णालीले ब्याटिङ रोज्यो । १०० रन जोड्दा नै सात विकेट गुमाएपछि कर्णालीको त्यो निर्णय सहज भएन । तर तलतको अर्धशतकमा कर्णालीले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा १५३ रनको योगफल बनायो । मध्य क्रममा ब्याटिङ गर्न आएका तलत ५१ रनमा अविजित रहे । ओपनर अरिफुल इस्लामले ३५ रन, पवन सर्राफले १५ र गुल्सन झाले १८ रन जोडे । डेविड मिलर, मार्क वाट र दीपक डुम्रे जस्ता ब्याटरले खराब ब्याटिङ गरेपछि चितवनको ब्याटिङ धराशयी भयो ।
यद्यपि तलतको आक्रामक ब्याटिङमा कर्णालीले मध्यम योगफल बनाउन सफल भयो । तलतले ३३ बलमा दुई चौका र तीन छक्का हिर्काए । अरिफुलको इनिङमा चार चौका र दुई छक्का हिर्काए । गुलसनले ६ बलमा एक चौका र दुई छक्का प्रहार गरे । अरिफुलको इनिङमा १५ बलमा चार र दुई छक्का प्रहार गरे । चिवनको बलिङमा कमलसिंह ऐरी, सलाहुद्दिन खान र मिरले समान दुई विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दरको नाममा समान एक विकेट रह्यो ।





