एनपिएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८३, सोमबार

एनपिएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ ।

नेपाल प्रिमियर लिगअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल साढे १२ बजेबाट शुरु हुनेछ । त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुने पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्स भिड्नेछन् । काठमाण्डु पहिलो जितको लागि दोस्रो खेल खेल्दैछ भने कर्णाली लगातार तेस्रो जितका लागि मैदान उत्रिनछ । यसअद्धि कर्णालीले जनकपुर र विराटनगरलाई पराजित गरेको थियो । काठमाण्डु भने जनकपुरसँग पराजित भएको थियो । त्यस्तै ५ बजेबाट शुरु हुने चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिष्पर्धा हुनेछ । तीन खेलमा एक जित र दुईमा हार व्यहोरेको सुदूरपश्चिम जित्नैपर्ने दबाबका साथ मैदान उत्रिनेछ । सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको हो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । त्यस्तै वर्षाका कारण पाँच ओभरमा छोट्याइएको तेस्रो खेलमा सुदूर विराटनगरसँग पराजित भएको थियो । चितवन राइनोजले भने विराटनगर किंग्सलाई पहिलो खेलमा पराजित गरेको हो भने दोस्रो खेल लुम्बिनी लायन्ससँग बराबरी अंक बाँड्यो । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् । सुदूरको यो चौथो खेल हो भने चितवनको तेस्रो खेल हो ।

पछिल्लो समाचार

Leave a Reply