युरोकप फुटबलमा आज समूह ए का दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युरोकप फुटबलमा आज समूह ए का दुई खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत समूह ए का इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुने भएको हो ।

इटाली र वेल्सबीच राति ९ः४५ बजे सुरु हुने खेलमा इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहने छ भने वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । त्यसैगरी यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ ।

बाकुमा हुने खेल राति ९ः४५ बजेबाट नै सुरु हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);