१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज, इटाली र स्पेन प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज, इटाली र स्पेन प्रतिस्पर्धा गर्दै

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् भने विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको थियो । त्यसअघि इटालीले प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गरेको थियो ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);