युरोकप दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

युरोकप दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी । युरोकप फुटबलको दोस्रो सेमिफाइनलमाआज राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ बजेर ४५ मिनेटमा बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र डेनमार्क फाइनलपुग्ने लक्ष्यसहित मैदानउत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चकहुने अनुमानगरिएको छ।यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जितनिकाल्दै अन्तिमचारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमाप्रवेश गरेको हो । इंग्ल्यान्ड यस पटक अर्कोइतिहास रच्ने योजनामा रहेको छ ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ ।

जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);