युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

एजेन्सी । इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए ।

स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने इंग्ल्यान्डले लगातार गोल ग¥यो । ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे । त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए ।

राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरका हुन । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।

यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);