इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमको सानदार जित

एजेन्सी, १७ फागुन। इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले सानदार जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे भने ह्यारी केन र लुकास मौराले एक÷एक गोल थपे । खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । ३१ औं मिनेटमा लुकासले गोल गरेपछि टोटेनहमले ३–० को अग्रता बनायो । त्यसपछि खेलको ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४–० को जित दिलाए । जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित बर्नली २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);