एभर्टनसँग साउथह्याम्पटन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एभर्टनसँग साउथह्याम्पटन पराजित

एजेन्सी, १८ फागुन। इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।


प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली एभर्टनले साउथह्याम्पटनमाथि १–० को जित दर्ता गरेको हो । नवौँ मिनेटमा रिचार्लिसनले गरेको गोल नै एभर्टनको जितका लागि निर्णायक साबित भयो ।

जितसँगै शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना एभर्टनले जीवित राखेको छ । सातौँ स्थानमा रहेको उसकोे २५ खेलबाट ४३ अंक रहेको छ । पाँचौँ स्थानको चेल्सीको २६ खेलबाट ४४ तथा छैटौँ स्थानको लिभरपुलको २६ खेलबाट ४३ अंक छ ।

चौथो स्थानको वेष्ट ह्यामको २६ खेलबाट ४५ अंक छ । आउँदो बिहीबार हुने खेलमा जित निकालेमा एभर्टन प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष चारमा पुग्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);