प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

एजेन्सी, २२ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि तेस्रो मिनेटमा गाब्रिएल जिसस र ३८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक भएको छ । यस्तै बुधबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले फुलह्यामलाई २–० ले पराजित गरेको छ । लेस्टरका लागि इहेनाचोले १७ औँ तथा जस्टिनले ४४ औँ मिनेटमा गोल गरे ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको २२ खेलबाट ४२ अंक भएको छ । यसैबिच बुधबार राति नै भएको खेलमा एभर्टनले लीड्सलाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);