प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी, २७ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि केविन डी ब्रूयनाले १५ र ५९ औँ तथा रियाद महरेजले ४० र ५५ औँ मिनेटमा गरि दुई–दुई गोल गरे । इल्केयी गुण्डोगानले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि वार्ड–प्रावसीले २५ औँ मिनेटमा पाएको पेनाल्टीमा तथा एडम्सले ५६ औँ मिनेटमा गोल गरे ।

जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड १४ अंकले पछि छ र उसले एक खेल कम खेलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);