म्यानचेस्टर सिटीसंग एभर्टन ३–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

म्यानचेस्टर सिटीसंग एभर्टन ३–१ गोल अन्तरले पराजित

एजेन्सी, ६ फागुन । म्यानचेस्टर सिटीसंग एभर्टन ३–१ गोल अन्तरले पराजित इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ ।

गएराति अवे मैदानमा भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले अग्रता बढाएको हो । सिटीलाई जिताउन ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे ।

घरेलु टोली एभर्टनका लागि ३७ औँ मिनेटमा रिचार्लिसनले एक गोल फर्काएका थिए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट ४६ अंक छ ।

लिग अन्तर्गत गतराति नै भएको अर्को खेलमा फुलह्याम र बर्नलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

ताजा समाचार