दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुदैँ

दाङ, ६ फागुन । दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा दाङको तुलसीपुरमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुने भएको छ ।

युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

गुमनाम रहेका खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष बसन्त गिरीले बताउनुभयो । उक्त आयोजनाले दाङका टेबुल टेनिस खेलाडीहरुलाई हौसला मिलेको दाङ जिल्ला टेबुल टेनिस संघका जिल्ला अध्यक्ष सिताराम शर्माले बताउनुभयो ।

जिल्लामा अहिले ५० जना खेलाडीहरु रहेको समेत उहाँले बताउनुभयो । त्यसैगरी उहाँले खेलाडीहरुले खेलकुद सामाग्रीहरुको अभाव हुने गरेको समेत बताउनुभयो । प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ ।

प्रतियोगितामा २५ जिल्लाबाट गरि १ सय ५० जनाको खेलाडीहरुको सहभागीता रहने खेल संयोजक अरुण लहरेले जानकारी दिनुभयो । प्रतियोगितामा करिब २३ लाख बढि खर्च हुने समेत उहाँले बताउनुभयो ।

दाङ निवासी स्वर्गीय नेता खड्काको सम्मानसँगै उनको योगदानलाई नयाँ पुस्तालाई चिनाउने उद्देश्यले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);