पोखरामा पहिलोपटक लन टेनिस प्रतियोगिता, कमल थापा प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने हुने भएको छ। यहि भदौ २६ गतेबाट असोज ७ गतेसम्म चल्लने प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा पहिलो सिफ्ट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिफ्ट असोज २ देखि ७ गतेसम्म हुने संघका अध्यक्ष विनोद कायस्थले बताए।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच हुने प्रतिस्पर्धामा नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ ।