इपिएलमा सहभागी हुने 'मार्की' खेलाडीको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २४ भदौ । नेपालमा आगामी डिसेम्बरमा हुन लागेको दोस्रो संस्करण एभरेष्ट प्रिमियर लिग इपियल क्रिकेटमा सहभागी हुने टिम र मार्की खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।

 

इपिएल प्रालिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा भाग लिने शहर, मालिक, मार्की खेलाडी र टिमको नाम सार्वजनीक गरेको हो । उक्त कार्यक्रममा प्रतियोगिताको पुरस्कार राशी पनि सार्वजनिक गरिएको थियो । इपिएलमा सहभागी हुने ६ टोली काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रिएटस, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।

 

काठमाडौँ किङ्सका मालिक रोहित गुप्ता, ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जन, भैरहवा ग्ल्याडियटरका मालिक आदित्य सांघाइ, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनोजका मालिक साहिल अग्रवाल र चितवन टाइगर्सका मालिक किशोर भट्टराई रहेका छन् ।

 

राजधानीको टिम किङस इलाभेनले मार्की खेलाडीका रुपमा सोमपाल कामीलाई चुनेको छ । राष्ट्रिय टिमका कप्ताान पारस खड्का विराटनगर वारियर्समा रहेका छन् भने राष्ट्रिय टिमकै उपकप्तान ज्ञानेन्द्र मल्ल भने ललितपुर प्याट्रिओटसमा मार्की खेलाडीका रुपमा रहेका छन् । यस्तै पोखरा राइनोजको मार्की खेलाडी भेट्रान स्पिनर शक्ति गौचन, भैरहवा ग्ल्याडियटरमा शरद भेषवाकर र चितवन टाइगर्सको मार्की खेलाडीमा युवा ब्याट्सम्यान दिपेन्द्र सिहं ऐरी रहेका छन् ।

मार्की खेलाडीलाई टिमले २ लाख पारिश्रमिक दिनपर्ने प्रावधान रहेको छ । तर टिमले सो रकम भन्दा माथि जति पनि उक्त खेलाडीलाई दिन पाइने छ । टिममा विदेशी ३ खेलाडी अनुबन्ध गर्नै पर्ने नियम छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);