पिपिएलका लागि १ सय ७९ खेलाडी सूचीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पिपिएलका लागि १ सय ७९ खेलाडी सूचीकृत

अधिकतम मुल्य २ लाख ५० हजार रुपैयाँ

काठमाडौं, १३ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।

पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो ।

क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार राखिएको छ भने अधिकतम मूल्य दुई लाख ५० हजार राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य एक लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य एक लाख छ । यही असोज २ गतेदेखि शुक्रबारसम्म खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजना हुने पिपिएलमा सहभागी हुने छ टोली र छ मार्की प्लेयर बिहीबार घोषणा गरिएको थियो ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्सले खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);