सन्दिप लामिछानेको मूल्य १ लाख पाउण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दिप लामिछानेको मूल्य १ लाख पाउण्ड

sandeep

सन्दिप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने एकसय वलको क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पर्न सफल

काठमाडौं, १७ असोज । इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछाने पनि ड्राफ्टमा परेका छन् ।

नेपालबाट सो प्रतियोगिताको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी सन्दिपको मूल्य एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरिकी डलर तोकिएको छ ।

इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप अटाएका हुन् । आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ ।

सूचीमा सन्दिपसँगै भारतीय खेलाडी हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिव अल हसन, तमिम इक्बाल, साहिद अफ्रिदी, ड्वायन ब्राभो, सुनील नारायन र कायरन पोलार्ड रहेका छन् ।

यस्तै पहिलो नम्वरको सूचीमा रहेका खेलाडीले एक लाख २५ हजार पाउण्ड पाउनेछन् । त्यसमा स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेगिडी, कागियो राबाडा, लसिथ मालिंगा र क्रिस गेल छन् ।

यस्तै तेस्रो सूचीमा रहेका खेलाडीले ७५ हजार पाउण्ड । चौथो सूचीमा रहेका खेलाडीले ५० हजार पाउण्ड पाउनेछन् भने पाँचौमा रहेकाले ३० हजार पाउण्ड हात पार्नेछन् । इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिताका लागि एक सय ६५ बिदेशी खेलाडीले नाम दर्ता गराएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);