महिला साफ यू-१५ खेल्ने नेपाली टोलीको बिदाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला साफ यू-१५ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं, १७ असोज । भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्समा एक कार्यक्रमको आयोजना गरेर भुटान जाने ३१ सदस्यीय नेपाली टोलीलाई बिदाई गरिएको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले नेपाली टोलीको औपचारिक बिदाई गर्दै शुभकामना दिएका थिए । नेपाली टोली असोज २० गते भुटानतर्फ प्रस्थान गर्नेछ ।

यो प्रतियोगितामा नेपालले असोज २२ गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । भुटानको थिम्पुमा हुने प्रतियोगिता असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);