विश्वकप छनोट : अष्ट्रेलिया जाने नेपाली फुटवल टिमको बिदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप छनोट : अष्ट्रेलिया जाने नेपाली फुटवल टिमको बिदाई

काठमाडौं, १४ असोज । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटवलको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा प्रतिस्पर्धा गर्न अष्ट्रेलिया जाने नेपाली राष्ट्रिय टिमको विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको विदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, अखिन नेपाल फुटवल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा मंगलबार नै भईसकेको छ ।

नेपाली टिम बुधबार अपरान्ह त्यसतर्फ जाने छन् । छनोटमा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को गोल अन्तरले हार व्यहोरेको थियो ।

तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० गोल अन्तरले हराएको थियो । अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपेई पुछारमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);