विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् ।

नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य भरत खवास, रंजित धिमाल, अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् । सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले यहि मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।

छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार, र दीप कार्की, रक्षापंक्तिमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास , मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);