इराकसँगको मैत्रीपूर्ण खेल विश्वकप र एसियन कप छनौटको तयारीमा नेपाली फुटबल टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इराकसँगको मैत्रीपूर्ण खेल विश्वकप र एसियन कप छनौटको तयारीमा नेपाली फुटबल टोली

एजेन्सी । आगामी मे २९ मा इराकसँग तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीले तयारी सुरु गरेको छ ।

नेपाल सुपर लिगको फाइनलमा पुगेका धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका हुन् ।

समय सिमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन । उनले सुरुआती चरणमा नेपालले कसरी रक्षात्मक बन्ने र कसरी काउन्टर गर्ने भन्ने विषयलाई विशेष जोड दिएर अभ्यास थालेको बताए ।

१५ दिनको समय सिमा बाँकी रहेको अवस्थामा टोलीले विहान र बेलुका दुई चरणमा अभ्यास गरिरहेको छ ।

केही खेलाडी धनगढी र काठमाडौं रेजर्समा रहेकाले प्रतियोगिता सकिए लगत्तै टोलीमा समावेश हुनेछन् । प्रारम्भिक चरणमा पहिलो पटक मनिष डाँगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले स्थान बनाएका छन् ।

आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली केन्द्रीत रहेर अभ्यासको थालनी गरेको नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले बताए ।

मैत्रीपूर्ण खेललाई मुख्य प्रशिक्षक अल्मुताइरीले विश्वकप र एसियन कप छनौटको तयारीको रुपमा लिएका छन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);