६ वर्ष पछि नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल आज, सीमित दर्शकलाई प्रवेश अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

६ वर्ष पछि नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल आज, सीमित दर्शकलाई प्रवेश अनुमति

काठमाडौं । साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले आज पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सिमित दर्शकले मैत्रिपूर्ण खेल हेर्ने मौका पाउने भएका छन् ।

नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा पीसीआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने व्यवस्था एन्फाले गरेको छ । एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि तयारी गरेको छ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ ।

भारतसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली टोली जितका लािग खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने दुई मैत्रीपूर्ण खेल अन्तर्गत नेपालले पहिलो खेल आज खेल्न लागेको हो ।

नेपालका लागि ७३ औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा तयारी रहेका बताएका छन् ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन् ।

प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपाल जहिले पनि बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिएपनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);