पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल -भारत आज पनि प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल -भारत आज पनि प्रतिस्पर्धा गर्दै


काठमाडौं । पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ ।

यसअघिको पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ ।

पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने मौका छ ।

भारतीय प्रशिक्षक इगोरले आइतबारको दोस्रो खेलमा नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् । उनले पहिलो दिनको पहिलो हाफमा आफ्ना खेलाडी चल्न नसकेपछि ४६औँ मिनेटमै तीन खेलाडी परिवर्तन गरेका थिए । नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यु गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेले ।

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);