दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे ।

यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् ।

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।

खेल हेर्न गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मैदानमा उपस्थित थिए ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);