साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

माले स्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । फारुख चौधरीको हेडर पासमा खेलको ८२ औं मिनेटमा कप्तान सुनिल क्षेत्रील गोल गरे । भारतका लागि सुनिलको यो ७७ औं गोल हो ।

नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा गर्न सकेनन् । नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए । सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन । यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोड्दै भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा बंगला देशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ । अब बंगलादेश विरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ ।

बंगलादेशलाई भने नेपालविरुद्ध जितको बिकल्प छैन । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);