एशियाकै दास्रो लामो जिपलाईन काठमाडौंको शंखरापुरमा संचालन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एशियाकै दास्रो लामो जिपलाईन काठमाडौंको शंखरापुरमा संचालन हुने

काठमाडौं । एशियाकै दास्रो लामो जिपलाईन काठमाडौंको शंखरापुरमा संचालन हुने भएको छ । साहसिक खेलको रुपमा परिचित जिपलाईन शंखरापुर नगरपालिकामा वडा नं. ८ मा पर्ने मणिचुड देखि जहरसिङ पौवा सम्म करिब २८ सय मिटर लामो जिप लाईन संचालनको काम अगाडि बढेको छ ।

करिब १५ करोडको लागतमा अनुमानमा निर्माण सुरु भएको जीपलाईनको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ र उपमेयर शुक्रलक्ष्मी ले संयुक्त रुपमा शिलान्यास गरेका छन् । जिपलाईन संचालनको लागि पूर्वाधार निर्माण कार्य ६ महिना भित्र सकाएर संचालनमा ल्याउने जहरसिङ पौवा रिसोर्ट तथा जिप लाईनका संचालक नवीन हुमागाईंले बताए ।

जीपलाईन संचालन आए पछि शंखरापुर पर्यटन प्रर्वद्धन मा उल्लेख्य फडको मार्ने शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले बताए । शंखरापुरमा सडक पूर्वाधार काम तिर्व गतिमा अगाडि बढिरहको छ । जिपलाईन निर्माण भएपश्चात पर्यटन र कृषिको विकासमा महत्वपूर्ण भुमिका हुने विश्वास गरिएको छ ।

जिप लाईन निर्माण कार्य स्थानियको सहभागिता तथा समाजसेवी जनप्रतिनिधी कर्मा वल लामाको प्रत्यक्ष सहभागितामा निर्माण भैरहेको जिप लाईनका संचालक नवीन हुमागाईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);