कैलालीमा जिप लाइन सञ्चालनमा आएपछि पर्यटकको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कैलालीमा जिप लाइन सञ्चालनमा आएपछि पर्यटकको भिड

कैलाली, ३ मंसिर । कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुदपनि जिप लाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् ।

कैलालीको महोन्याल गाउँपालिका वडा नं। ७ पितमारी स्थित कर्णाली नदीको किनारमा जिप लाइन सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ ।

२०७६ सालको माघ महिना देखि जिपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो । चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताउनुभयो ।

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);