पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाइडिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाइडिङ

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परिक्षण उडान गरेको छ । कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो ।

आन्तरिक तथा वाह्र्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएकाे हाे।  स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गडिकोटले स्थानीय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङ सुरु गरेको हो । 

कटारी बजारबाट ९ किलोमिटरको दुरीमा रहेको मर्जेतपुर गडिकोट डाँडा प्याराग्लाईडिङ, जिप लाईन, रक क्ल्याम्बिङ साहसिक खेलको निम्ति उपयुक्त स्थान रहेको छ । कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जेतपुर गडिकोट डाँडामा प्राविधिक हिसाबले सबै मौसममा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ जस्ता साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्यापटेन दिलकुमार सुनुवारले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);