विमलनगरको चुनपहरामा ‘रक क्लाइम्बिङ’ महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विमलनगरको चुनपहरामा ‘रक क्लाइम्बिङ’ महोत्सव

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्मको सडक चार लेनको बन्दैछ । तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ ।

मुग्लिन-पोखरा चार लेन सडक आयोजनाअन्तर्गतको आँबुखैरनी-जामुने पुर्वी खण्डमा सडक फराकिलो पार्ने काम भइरहेको छ । सडक फराकिलो बनाउँदा बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको चुनपहरा भत्कने आशंकाले यहाँका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बद्ध संघसंस्था सशंकित छन् । सहासिक पर्यटन रक क्लाइम्बिङका लागि प्रसिद्ध विमलनगरको चुनपहरा कुनै पनि हालतमा जोगाउनुपर्ने पक्षमा पर्यटनसँग सम्बन्धित संघसंस्था छन् । 

विमलनगरको चुनपहरा जोगाउन एक देखिएका संघसंस्थाले दबाब दिन पहिलोपटक ‘रक क्लाइम्बिङ’ महोत्सव नै आयोजना गरेका छन् ।  शुक्रबार आज सुरु हुने ‘रक क्लाइम्बिङ’ महोत्सव सोमबारसम्म चल्नेछ । गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाले संयुक्त रूपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सवको आज नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले उद्घाटन गर्दैछन् ।

महोत्सवमा शुक्रबारदेखि रक क्लाइम्बिङ प्रतियोगिता हुने आयोजक संस्था गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए । प्रतियोगिताअन्तर्गत महिला र पुरुष छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइनेछ । दुवै विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ५० जनाले प्रतिस्पर्धा गर्नेछन् ।

विमलनगरको चुन संरक्षण गर्दै प्रवर्द्धन गनुपर्छ भनेर दबाब दिन ‘रक क्लाइम्बिङ’ महोत्सव आयोजना गरेको ठकुरीले बताए । ‘विमलनगरको चुनपहरा रक क्लाइम्बिङका लागि सबै दृष्टिले उपयुक्त गन्तव्य हो । यसलाई भत्काउने होइन जोगाएर प्रवर्द्धनन गर्नुपर्छ । पहरा भत्काउन हुँदैन भन्ने सन्देश र दबाब दिनलाई महोत्सव आयोजना गरेका हौँँ’, उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);