६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

काठमाडौं । लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे । 

सुरुआती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो  । ७ अंक जोडेको एनआरटी छैठौं स्थानमा छ । पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा यथावत छ । 

अहिले साँझ पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । 

फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा  छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);