चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् । राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र सङ्घीय संसदका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । सो अवसरमा राजदुत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गर्नुभयो । राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणहरू समेत नेपाल आइपुगेका छन् । चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिव तीन घण्टाको उडानपछि काठमाडौँ अवतरण गरेका थिए । प्राप्त सामग्रीहरूमा पाल, कम्मल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी कुल १३ हजार २ सय थान सामग्रीहरू रहेका छन्, जसको कुल वजन ५० टन रहेको छ ।

Leave a Reply