यातयात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह– ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्’ | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

यातयात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह– ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातयात व्यवसायी तथा चालकहरुलाई तोकिएको भाडाभन्दा बढी भाडा नलिन आग्रह गर्नुभएको छ ।
पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा उहाँले विपद्को समयमा बरु कम भाडा लिन आग्रह गर्नुभएको हो । उहाँले भारी वर्षाका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएकाले विपद्को समयमा जबर्जस्ती सवारी नचलाउन पनि आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो । प्रशासनसँग समन्वय नगरी जबर्जस्ती सवारी चलाउन नहुने उहाँले बताउनु भयो । उहाँले हाल विपद्मा परेका यात्रुको उद्धारलाई प्राथमिकता दिन पनि सबै यातायात संघ, संस्था र कम्पनीलाई आग्रह गर्नुभयो । रसुवा वाढीका कारण ठूलो मानविय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दे उहाँले वाढी प्रभावितको उद्धार कार्यमा सहयोग गर्न र आवश्यक रकम तथा स्रोतसाधन परिचालन गर्न समेत अनुरोध गर्नुभयो । सिटौलाले बाढी प्रभावित क्षेत्रमा ठुलो संख्यामा यात्रु, चालक र सवारी साधन बेपत्ता भएको बताउनुभयो । उहाँले चालक, सहचालक, यात्रु तथा यातयताको खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग  गर्नुभयो । उहाँका अनुसार रसुवा, त्रिशूलीलगायतका क्षेत्रमा हजारौँ सवारी साधनको अवस्था अज्ञात रहेको छ । उहाँले देशभर रहेका सवारी साधन, यात्रु र चालकको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन महासंघको प्रदेश तथा जिल्ला तहलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्रिशूलीमा आएको बाढीका कारण पूर्व पश्चिम जाने सवारी सबै रोकिएको छ । काठमाडौँमा सबै सवारी रोकिएको छ । यो विषम घडीमा हामीले महासंघले सूचना पनि जारी गरिसकेका छौँ । सबै यो विषम परिस्थितिमा सबै सवारी साधन आआफ्नो ठाउँमा खडा गरेर प्रशासनले, विपद् व्यवस्थापनले मौसमविदले दिएको कुरालाई अक्षरश अक्षरश पालना गरेर मात्रै सवारी साधन चलाउनुहोला । जबर्जस्ती ढङ्गबाट कसैले पनि नचलाइदिनु म विशेष आग्रह गर्न चाहन्छु । अहिलेको यो उद्धारको समयमा यात्रु, उपवक्ता, यात्रुहरू जहाँजहाँबाट आउनुहुन्छ, पीडित यात्रुहरू हुनुहुन्छ, मेची महाकालीबाट तपाईँहरूले उद्धार गरिरहनुभएको छ । सबै संघ, संस्था, कम्पनी सबै लाग्नुभएको छ । मेची महाकाली हाम्रा सबै साथीहरू राख्न लाग्न र उद्धारको लागी आवश्यक रकम पनि सहयोग गनए आग्रह गर्दछु । अहिले सबैको जीवित उद्धार गर्न नेपाल सरकारसँग जोरदार माग गर्न चाहन्छु कि पहिला मानवीय क्षतिको मानवीय उद्धारको लागि हामी लाग्नैपर्छ । सरकारसँग हामी अत्यन्तै ठूलो सहकार्य गर्नेछौँ तर सरकारले सार्वजनिक यातायातका चालकहरू कति काम के भइरहेको छ ? यात्रुहरू के भइरहेको छ ? सवारी चालक, सहचालक, सवारी साधानको सरकारले युद्धस्तरमा खोज–तलास गरेर हामीलाई जानकारी दिओस् । अहिले कुनै पनि टीका–टिप्पणी गर्ने अवस्था छैन । उद्धारको लागी एक रूपैयाँदेखि दश रूपैयाँदेखि मन आफ्ना व्यक्ति–व्यक्तिले सबै ठाउँमा सहयोग पु¥याउनुहुन पनि म अनुरोध गर्छु । साथै महासंघको केन्द्रीय कार्यालयमा सवारीको डाटा, यात्रुको डाटा, चालकहरूको डाटा पठाउन पनि प्रदेश र जिल्लाले समन्वय गरिदिनुहोला । यो विपद्को घडीमा कुनै पनि चालक, कुनै पनि व्यवसायी साथीहरूले अहिले तोकेको भाडाभन्दा बढी एक रूपैयाँ कसैले नलिनुस्, बरु केही रूपैयाँ कम गरेर यो उद्धारमा लागिदिन विशेष आग्रह गर्दछु ।
पोखरेली ट्याक्सी सेवा प्रालिले वाढी पीडितहरुको सहयोगको लागि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्याय गरेकोमा अध्यक्ष सिटौलाले धन्यवाद दिनुभयो । उहाँले यातयात क्षेत्र पीडित भएपनि आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

Leave a Reply