चिनियाँ सरकारले दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चिनियाँ सरकारले दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध

काठमाडौं, १४ फागुन । चिनियाँ सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ ।

शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चिनियाँ सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै राजदुत यान्छीलाई धन्यवाद समेत दिनुभयो ।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चिनियाँ सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकीला र आधुनिक देखिएको छ । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);