चीनद्धारा सिन्धुपाल्चोलाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चीनद्धारा सिन्धुपाल्चोलाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक, २८ साउन । कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पिपिइ सेट सहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गरेको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुइ हजार थान, आइसोलेसन माक्स दुई हजार थान, एन नाइन्टीफाइफ माक्स र मेडीकल माक्स पनि पाँच हजार थान दिएको हो ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुइ हजार थान र पिसीआर रिएजेन्ट दुइहजार थान समेत सहयोग स्वरुपल उपलब्ध गराएको जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपुर्ण रहेको ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठूलो सहयोग गरेको समेत उहाँले उल्लेख गर्र्नुभयो ।

नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठूलो राहत मिलेको ढकालले बताउनुभयो । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार बुधबार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका कार्यालय प्रमुख लालबहादुर खत्रीले सो सामाग्री बुझ्नुभएको हो । मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रकृया पुरा गर्न र त्यसलाई निर्मलीकरण गर्न समेत एकदुइ दिन लाग्नेछ । त्यसपछि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेको ठाँउमा तुरुन्तै ती सामग्रीको परिचालन गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);