बेलका र सप्तकोशी नगरपालिकालाई कोभिड लक्षित स्वास्थ्य सामाग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलका र सप्तकोशी नगरपालिकालाई कोभिड लक्षित स्वास्थ्य सामाग्री सहयोग

सप्तरी । उदयपुरको बेलका नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकालाई स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य शाखा टेकुका लेखापाल तथा समाजसेवी तिर्थराज आचार्यको पहलमा महाशाखाबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

वितरण गरिएका सामाग्रीमा दुबै नगरपाकिलामा क्रमशः ४० लिटर क्षमताको अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान यसैगरी पीपीई सेट १० थान, गम्बुट ५ सेट, सर्जिकल मास्क १ हजार, एन ९५ मास्क ५० थान, एन्टिजेन किट ५० थान, पीसीआर भिटिएम तीन सय थान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै आचार्यले वर्तमान महामारीलाई परास्त गर्न सबैले आ–आफ्नो दायित्व निर्वाह गर्दै अघि बढ्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);