दाङमा कोरोना संक्रमण र मृत्युदर घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा कोरोना संक्रमण र मृत्युदर घट्दै

विकाश डाँगी,
दाङ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर र मृत्युदर घट्दै आएको छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कुनै समयमा जिल्लामा कोरोना संक्रमण दैनिक ४ सय बढी हुन्थ्यो, भने मृत्युदर पनि १७ सम्म पुगेको थियो । तर, पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै आएको तथ्यांकमा देखिएको छ ।

बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, भने १ सय ३० जना निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै एक संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति डीसीसीएमसी दाङले जनाएको छ ।

समितिका अनुसार गत बैशाख महिनादेखि हाल सम्म ११ हजार ७ सय ४० पीसीआर परीक्षण गर्दा ७ हजार ४ सय ९५ मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल जिल्लामा ४ सय ४६ सक्रिय संक्रमित रहेको र ती मध्ये १ सय ५ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा र ३ ुसय ४१ जना होम आइसोलेशनमा रहेको समितिले जनाएको छ ।

यी मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै जिल्लामा हाल सम्म ६ हजार ८ सय ५८ ले कोरोना जितेका छन् ।

त्यस्तै गत बैशाखदेखि हाल यहि जेठ २७ गते सम्म कोरोना सङ्क्रमणका कारण १ सय ९१ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरमा मात्रै ८० जनाको मृत्यु भएको छ ।

यता जिल्लामा विभिन्न अस्पताल तथा आइसोलेशनमा गरी ३ सय ५० वटा बेडहरू रहेका छन् । कुनै समयमा बेडको अभाव हुदा संक्रमितहरू बाहिरै उपचार गर्न बाध्य भएका थिए । तर, हिजो आज बेडहरू प्रशस्त मात्रमा खाली भएका छन् ।

अहिले १ सय ५ वटा मात्र बेडहरू प्रयोग भएका र २ सय ४५ वटा बेडहरू खाली रहेको डीसीसीएमसी दाङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);