कपिलवस्तुमा संक्रमित संख्या घट्दै, असार यता ३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कपिलवस्तुमा संक्रमित संख्या घट्दै, असार यता ३ को मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पछिल्लो समय घट्दै गएको तथ्यांकले देखाएको छ । दोस्रो लहरको चपेटामा नराम्रोसंग प्रभावित बनेको जिल्लामा असार दोस्रो हप्ताको आसपासमा संक्रमितको संख्या ह्वात्तै घटेको हो ।

गएको बैशाख तेस्रो हप्ताबाट जिल्लामा कोरोनाको दोस्रो लहर देखिन थालेको थियो । जेष्ठ महिनाको मध्यतिर आउँदा जिल्लामा कोरोना संक्रमित बढेर १५ सयको हारहारीमा पुगेका थिए ।

तर, बिहीबार स्वास्थ्य कार्यालयले जिल्लामा १ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ । जसमध्ये वाणगंगामा सबैभन्दा बढी ५७ जना संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

शुद्धोधन गाउँपालिकामा कुनै पनि कोरोना संक्रमित छैनन् भने, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, मायादेवी गाउँपालिका, विजयनगर गाउँपालिकामा एक-एक जना कोरोना संक्रमित रहेका छन् ।

बुद्धभूमि नगरपालिकामा २७ जना, कपिलवस्तु नगरपालिकामा १९ जना, शिवराज नगरपालिकामा १७ जना र यशोधरा गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो ४ दिन यता संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य छ । असार ५ र ६ गते गरी दुई जना संक्रमितले ज्यान गुमाए पनि असार यता मृतकको संख्या ३ जना मात्र रहेको छ ।

जिल्लामा पहिलो र दोस्रो लहरको कोरोनाका कारण ५ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);