कोरोना संक्रमित घट्दै गएको कपिलवस्तुमा पछिल्लो अवस्था यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना संक्रमित घट्दै गएको कपिलवस्तुमा पछिल्लो अवस्था यस्तो छ

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङक अनुसार संक्रमितको संख्या घट्दै गएको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका कारोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण कपिलवस्तुका प्रहरी नायव निरीक्षकको निधन भएको हो। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत बाणगंगा नगरपालिका ९ भलवाड निवासी ४५ वर्षिय शिव रायमाझीको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

यसअघि कोरोनाको केन्द्रविन्दु बनेको कपिलवस्तुमा अहिले संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घटेपनि स्वास्थ्यका मापदण्ड पालना गर्न फोकल पर्सन उमेश घिमिरेले आग्रह गर्नुभएको छ । तेस्रो भेरियन्टबाट बच्नका लागि सबैजनाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए ।

कोरोना संक्रमणका कारण कपिलवस्तुमा अहिलेसम्म १९७ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका कारोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेका अनुसार पहिलो र दोस्रो भेरियन्टमा गरि १९७ संक्रमितको मृत्यु भएको छ ।

यस्तै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ७६ रहेको छ । उनीहरु होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);