संक्रमितको संख्या बढ्दै जाँदा समेत स्थानीय प्रशासन गम्भीर देखिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संक्रमितको संख्या बढ्दै जाँदा समेत स्थानीय प्रशासन गम्भीर देखिएन

कपिलवस्तु, १४ चैत । भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि कपिलवस्तुका खुल्ला सिमानामा स्थानीय प्रशासनले खासै चेकजाँच गरेको पाइएको छैन ।

विगतमा लकडाउनको समयमा सिमानामा सकृय रहेका प्रहरी प्रशासन भारतमा संक्रमितको संख्या बढ्दै जाँदा समेत स्थानीय प्रशासन गम्भीर देखिएको छैन । भारतबाट नेपाल भित्रने कपिलवस्तुको ८३ किलोमिटर खुल्ला सिमानाबाट निर्वाध रुपमा सयौं नेपाल भित्रिएका छन् ।

होली पर्व नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका धेरै नेपाली फर्कने क्रम जारी रहेपनि संक्रमित भए नभएको स्वास्थ्य चेकजाँच नहुदा माहामारी पुन फैलने स्थानीयहरुको आशंका छ ।

कुनैबेला खचाखच भरिएका कपिलवस्तुका अधिकाँश क्वारेन्टाइन यतिवेला कहि कतै छैनन् । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले स्वास्थ्यका अधिकारीको समन्वयमा कृष्णनगर नाकामा विहीवारदेखि हेल्पडेक्स राखिएको जनाएको छ ।

कपिलवस्तुमा विगत १ बर्षको अवधिमा कोरना संक्रमितको सँख्या २ हजार ८२ रहेको छ भने २७ जनाको मृत्यु भइसकेको तथ्यांक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);